Som Sharma

लोड हुँदैछ...

Som Sharma

जनताको विश्वास, सेवाको प्रतिबद्धता। 

नमस्कार, म सोम शर्मा हुँ। प्रतिनिधि सभा सदस्यका रूपमा जनताको सेवा, सुशासन र उत्तरदायी नेतृत्वमार्फत समृद्ध नेपालको निर्माणमा प्रतिबद्ध छु।

Som Sharma
निर्वाचन क्षेत्र
परिचय

छोटकरीमा नेता

"समृद्ध बागलुङ, समुन्नत नेपाल हाम्रो साझा लक्ष्य हो।"

— Som Sharma

सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा नेपालको प्रतिनिधि सभाका सदस्य हुन्। उहाँ २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो। उक्त निर्वाचनमा उहाँले १२,६४७ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार (Mass Communication) विषयमा स्नातक तथा रत्न राज्य लक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (Master's) उपाधि हासिल गर्नुभएको छ। उहाँ सामाजिक अभियन्ता, पत्रकारिता तथा सुशासन र पारदर्शिताका पक्षधरका रूपमा समेत परिचित हुनुहुन्छ।

प्रतिनिधि सभाको सदस्यका रूपमा उहाँले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी विकासलाई आफ्नो प्राथमिकतामा राख्दै बाग्लुङ तथा समग्र देशको विकास र नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ।

संसदमा

Parliament Highlights

माननीय सोम शर्मा ज्यू को संसदमा पहिलो सम्बोधन

माननीय सोम शर्मा ज्यू को संसदमा पहिलो सम्बोधन garnu bhayeko euta sano jhalak

मिडिया

ताजा समाचार

Youtube

Som Ley hallye Ghanti

2026-07-25
Youtube

युवाहरुको आन्दोलनले सरकारले घुँडा टेकेकै हो

2026-07-25
पोर्टफोलियो

हालैका कार्य अनुभव

२०८२

प्रतिनिधि सभा सदस्यमा निर्वाचित

जनताको विश्वासका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई जनसेवाको जिम्मेवारी प्रारम्भ।

2082-02-03

शिक्षा सुधार अभियान

गुणस्तरीय शिक्षा र विद्यालय पूर्वाधार सुदृढीकरणका लागि पहल।

२०८२-02-20

सडक तथा पूर्वाधार विकास

सडक, पुल तथा स्थानीय पूर्वाधार विकासका योजनाहरूलाई प्राथमिकता।

विकास र सेवाको यात्रा

जनताको सेवा र विकास निर्माणका क्षेत्रमा निरन्तर सक्रियता।

🏛️
संसदीय पहल

जनप्रिय नीति तथा कानुन निर्माण

🏗️
पूर्वाधार विकास

सडक, पुल र खानेपानी परियोजना

🎓
शिक्षा र समाज सेवा

गुणस्तरीय शिक्षा र छात्रवृत्ति अभियान

सबै कार्य अनुभव हेर्नुहोस्
FAQ

Frequently Asked Questions

तपाईंले बागलुङको पर्यटन कसरी विकास गर्नुहुन्छ? +
पर्यटन पूर्वाधारको विकास, स्थानीय संस्कृति र सम्पदाको संरक्षण तथा प्रभावकारी प्रचार–प्रसारमार्फत बागलुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीतिगत पहल गर्नेछु।
तपाईंलाई जनता २०८९ मा किन विश्वास गर्ने? +
मेरो विश्वास शब्दमा होइन, काममा छ। जनताको समस्या सुन्ने, गरेको प्रतिबद्धता पूरा गर्ने र इमान्दारी, पारदर्शिता तथा जवाफदेहिताका साथ निरन्तर जनसेवामा समर्पित रहने मेरो प्रतिबद्धताका आधारमा जनताले मलाई विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
निर्वाचित भएपछि तपाईंको मुख्य प्राथमिकता के हुनेछ? +
शिक्षाको गुणस्तर सुधार, युवाका लागि रोजगारीका अवसर सिर्जना, महिला सशक्तीकरण र स्थानीय तहको आवश्यकता अनुसार विकास योजना कार्यान्वयन गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ।

तपाईंको सुझाव, हाम्रो प्राथमिकता।

नाम, ठेगाना र सुझाव लेखेर पठाउनुहोस् — जवाफ यहीँ प्रकाशित गरिनेछ।